नार्कको कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी नियुक्त

Avatar photo
Dhadingpost
आइतवार, अशोज ११, २०७७

काठमाडौं असोज ११ । बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ।

कृषि मन्त्रालयको सिफारिसमा डा. भण्डारी नार्कको कार्यकारी निर्देशक नियुक्त भएको हो । डा। भण्डारी यसअघि नार्कको उपनिर्देशक हुन हुन्थ्यो ।