उपचारको लागि यसरी चन्दा उठाउनु पर्ने कहिले सम्म ?

Avatar photo
Dhadingpost
आइतवार, अशोज ११, २०७७

धादिङ असोज ११ । नेपालमा पछिल्लो समय मृगौला रोगीहरुको संख्या र उपचाको लागि सहयोगको याचना गर्नेहरुको संख्या धेरै बढेको देखिन्छ ।

मृगौला रोगीको निशुल्क उपचारका लागि सरकारले कुनै नयाँ प्याकेज ल्याउन सकेको देखिँदैन । आर्थिक उपचारका लागि सहयोगको याचना उनीहरुको वाध्यता बन्ने गरेको छ।

विश्वभर निराश बन्दै गएको कम्युनिष्ट आन्दोलनलाई आशा जगाउने गरि नेपालमा जनताले कम्युनिष्टलाई मतदान गरे र दुई तिहाईको कम्युनिष्ट सरकार बन्यो । तर विगतको समस्या जस्ताको तस्तै रह्यो । नेता र पैसावालहरुलाई फलिफाप बनेको अहिलेको सरकारले गरिवहरुको लागि अझै न्याय गर्न नसकेका धेरै उदाहरणहरु दिन सकिन्छ ।

यतिबेला पूर्व जनमुक्ति सेनाका सिपाहीहरु लडाइँको क्रममा लागेको गोलीको कारण जमिन क्यान्सर, नरेन्द्र बोहोरा दुबै मृगौला फेल र भक्त रानामगर प्यारालाईसिस भएको आवस्थामा छन् । उनीहरुको उपचारको लागि अहिले आर्थिक सहयोग अभियान संचालन गरिएको छ ।

उनीहरुको उपचारका लागि अहिलेसम्म १ लाख ३५ हजार रपैया संकलन भएको र अझै सहयोग उठने क्रम जारी रहेको बताईएको छ । हिजो जनयुद्ध लडेका सिपाहीहरुको त यो हविगत छ भने आम नागरिहरुले के बुझ्ने ?