धादिङका कोरोना पोजेटिभ ४१२ जना पुग्यो, आज थपिए ५ जना

Avatar photo
Dhadingpost
शनिबार, अशोज १०, २०७७

धादिङ असोज १० । कोरोना भाईरस पोजेटिभ देखिएको संख्या धादिङमा ४१२ जना पुगेको छ, जसमा ५ जनालाई आज (शनिबार) कोरोना भाईरस संक्रमित भएको पुष्टि भएको हो ।

आज पुष्टि भएका संक्रमितहरुमा त्रिपुरासुन्दरी गाउँपालिकामा २ जना, नेत्रावती डब्जोङ गाउँपालिकामा २ जना र थाक्रे गाउँपालिकामा १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
धादिङमा अहिले सम्मका संक्रमित मध्य ३ जनाको मृत्यु भएको छ भने २७० जना निको भएर घर फर्कि सकेका छन् ।