त्रिशुली नदीमा जलेको पेट्रोल ट्यांकर घटना शंकास्पद -निगम

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज ९, २०७७

धादिङ असोज ९ । धादिङको गल्छी गाउँपालिका ६ स्थित पृथ्वी राजमार्गको सुत्केरी ढुङ्गाबाट पेट्रोल बोकेको ट्यांकर त्रिशुलीमा खसे पछि आगलागी भएको घटना शंकास्पद रहेको आयल निकमले जनाएको छ ।

आईतबार बिहान करिब ३ बजे बजेतिर मुग्लिङबाट काठमाडौ तर्फ आइरहेको नम्बर नखुलेको पेट्रोल ट्यांकर त्रिशुलीमा सखे सँगै आगलागी भएको थियो । उक्त दुर्घटना घटेको भन्दा पनि घटाईएको हुन सक्ने भन्दै छानबिन गर्न नेपाल आयल निगमले नेपाल प्रहरीलाई पत्राचार गरेको छ ।

त्रिशुलीमा खसेको पेट्रोल बोकेको ट्यांकर आगलागी

उक्त ‘दुर्घनामा परेको ट्यांकर चालकको भूमिका पिहला देखि नै शंकास्पद थियो, पछिल्लो समयमा मिसावटमा कडा कारबाही हुन थालेपछि दुर्घटना गराइएको आंशकामा अनुसन्धान गर्न भनिएको हो,’ थानकोट प्रादेशिक डिपो प्रमुख प्रदिप कुमार यादव बताउनु भयो ।

उक्त २० हजार लिटर पेट्रोल बोकेको ट्यांकर सुदीप बोहराले चलाएका थिए । चालकसहित ट्यांकरमा सवार सहचालक मनिष नगरकोटी दुर्घटनामा सुरक्षित रहेपनि २१ लाख रुपैयाँ पर्ने पेट्रोल नष्ट भएको थियो ।