
धादिङ असोज ५ । धादिङको थाक्रे गाउँपालिका घर भएका दुई जनालाई लागुऔषध चरेश सहित प्रहरीले पक्राउ गरेको छ ।
आईतबार साँझ पौने ७ बजे बजेको समयमा टोखा नगरपालिका ९ शिव मन्दिर नजिकैबाट धादिङ थाँक्रे ३ घर बताउने ४२ वर्षिय सानुकान्छा तामाङ र २३ वर्षिय दिल कुमारी तामाङलाई लागुऔषध चरेश सहित पक्राउ गरेको प्रहरीले जनाएको हो ।
बेचबिखनको लागी लागुऔषध चरेश बोकी पैदल हिडिरहेका भन्ने गोप्य सुचनाको गोंगबु प्रहरी टोलिले उनीहरुको साथबाट ९७८ ग्राम अबैध लागु औषध चरेश फेला परेको प्रहरीले जनाएको छ ।