
धादिङ असोज ४ । धादिङको थाक्रे गाउँपालिका ६ स्थित पृथ्वी राजमार्गको महादेवबेसी बजारमा ट्रकले ठक्कर दिँदा ३ वर्षिय बालिकाको मृत्यु भएको छ ।
आईतबार दिउँसो २ः२४ बजे काठमाडौबाट गजुरी तर्फ आई रहेको ना ३ ख ५१८३ नम्बरको ट्रकले ठक्कर दिंदा महादेवबेसी बजार ३ वर्षिय सन्चिता कार्कीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त विषयलाई लिएर स्थानीय बासिन्दाहरुले आधा घन्टा सडक अबरुद्ध गरेको गरेका थिए । ट्रक चालक र ट्रकलाई महादेवबेसी प्रहरीले नियन्त्रणमा लिएको छ ।