
धादिङ असोज ४ । धादिङको नेत्रावती डब्जोङ गाउँपालि, पूर्व माओवादी केन्द्रबाट अध्यक्षका उपालिका अध्यक्षको लागि उम्मेदवार बनेका ठाकुर गुरुङ नै काँग्रेसमा प्रवेस गरेको गाउँपालिका हो । पछिल्लो समय शनिबार मात्र नेत्रावती गाउँपालिकाको दुई ठाउँमा गरि २०० भन्दा बढी नेकपा कार्यकर्ताहरु काँग्रेसमा प्रवेस गरेको काँग्रेस धादिङले जनाएको छ ।
नेत्रावती डब्जोङ ३ सेमजोङमा पूर्व माओवादी केन्द्र निकट बुद्धिजीवि संगठनका बहादुर हिम्रुङको नेतृत्वमा १३० जना तिखाडुङ सिङ्गो गाउँ नै नेपाली काङ्गेसमा गरेको ठाकुर गुरुङले धादिङपोष्टलाई बताउनु भयो ।
गुरुङका अनुसार यस्तै शनिबार नै वडा नम्बर १ मार्पाकमा नेकपा परित्याग गरि ९५ जना नेपाली काङ्ग्रेसमा प्रवेस गरेका छन् । नेकपाको युवा नेता युग बहादुर घलेको नेतृत्वमा पुर्ब माओवादी केन्द्रका दलित मुक्तिमोर्चा मार्पाकको अध्यक्ष मान बहादुर नेपाली, पोल्चेतका एमाले निकट आईतराम तामाङ लगायत धारापानी र खानीगाउको सिङ्गो गाउनै काँग्रेसमा प्रवेस गरेको उहाँले बताउनु भयो ।
यी दुबै पार्टी प्रवेस कार्यक्रममा नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला पूर्व कानुन राज्यमन्त्री दिलमान पाखिन, पूर्व सभापति रामनाथ अधिकारी, भिमप्रसाद ढुङ्गाना, बिनोद तिमल्सिना, कल्पना अधिकारी लगायतका नेताहरुले सदस्यता वितरण गरेका थिए ।