बेल्जियम निवासी धादिङका लोक दाहाल र काशी दनै परिवारद्वारा अशाह्य बालबालिकालाई सहयोग

Avatar photo
गोविन्द बुढाथोकी
शनिबार, अशोज ३, २०७७

धादिङ असोज ३ । बेल्जियमका बस्दै आउनु भएका धादिङ बुढाथुम निवासी लोक दाहाल र चैनपुर निवासी काशी दनैको परिवारले नेपालमा रहेका अनाथ र गरिब बालबालिकाको लागि सहयोग गरेको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) का सह कोषाध्यक्ष एवम् समाजसेवी दाहाल र सफल युवा व्यवसायीका रुपमा स्थापित हुँदै गर्नु भएका दनै परिवारले आफ्नो कम्पनी १० वर्ष प्रवेस गरेको उपलक्ष्यमा अनाथ र गरिब बालबालिकाको लागि १ लाख ३८ हजार ८५१ रुपैया आर्थिक सहयोग गरेको हो ।

यो परिवारको यो पहिलो सहयोग भने हैन । शिक्षा स्वास्थ्य र गरिव परिवारका लागि ०७२ सालको भुकम्पदेखि महत्वपूर्ण सहयोग गर्दै आउनु भएका लोक दाहाल धादिङमा मात्र नभएर विश्वभर नेपाली सामाजिक अभियान्ताको रुपमा परिचय बनाई सक्नु भएको छ भने काशी दनै पारिवारिक नाताले दाहालको ज्वाई हुनुहुन्छ ।

दनैले पनि धादिङमा व्यक्तिगत आम्दानीको केहि हिस्सा नेपाल त्यसमा पनि धादिङमा नियमित सहयोग गर्दै आउनु भएको छ । धेरै धादिङबासीलाई थाहा नहुन सक्छ धादिङबेसीमा रहेको मरण घाट उहाँले नै व्यवस्थित गर्दिनु भएको छ भने किरिया पुत्री बस्ने भवन पनि केहि वर्ष पहिला बनाई दिनु भएको थियो । अब त्यस भवनलाई थप सुविधायुक्त भवनका रुपमा निमार्ण गर्नको लागि त्यहाँका स्थानीयहरुलाई लागत स्टमेट पठाउन आग्रह गरेको समेत दनैले धादिङपोष्टलाई बताउनु भयो ।

पछिल्लो समय लकडाउनको मारमा परेका मजदुरहरुलाई काठमाडौं स्थित खुल्ला मञ्चमा सुरुभएको नि:शुल्क भोजनमा समेत दनैले आर्थिक सहयोग गर्नु भएको थियो ।

यस्तै लोक दाहालको जिवनसंगीनी सिता दाहाल पनि सामाजिककर्मीका रुपमा परिचित हुनुहुन्छ । उहाँले धादिङ धादिङ सहित देशभर मठ मन्दिर र खानेपानी, स्वास्थ्य र बृद्धबृद्धाको क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ पछिल्लो समय बृद्धबृद्धाहरुको हेरचाह गर्दै आएको काठमाडौं स्थित नवजीवन परोकार समाजलाई आर्थिक सहयोग गर्नुभएको छ । अहिले उक्त बृद्धाश्रममा १४ जना जेष्ठ नागरिकहरु बस्दै आउनु भएको छ ।