धादिङमा कोरोना संक्रमितको संख्या २८२ पुग्यो

Avatar photo
Dhadingpost
भदौ २४, २०७७

धादिङ भाद्र २४ । धादिङमा कोरोना भार्यरस संक्रमितको संख्या आज ४ जना थपिए सँगै २८२ जना पुगेको छ । यस मध्य २ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

आज संक्रमित हुनेमा धादिङको नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ का २१ वर्षिय महिला र बेनिघाट रोराङ गाउँपालिका वडा नं २ का १७ वर्षिय बालक,२६ र ३२ वर्षिय पुरुषमा रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

आजको मिति सम्म आईपुग्दा नेपालमा संक्रमित संख्या ४९,२१९ जना पुगेका छन् भने यस मध्य ३१२ जनाको मृत्यु भै भैसकेको छ ।