
धादिङ भाद्र २३ । नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडको ५ करोड ६७ लाख ठगी गरेको अभियोगमा राजकाजी खड्गी पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौ न्युरोडमामा रहेको उक्त सहकारीको प्रबन्धक पदमा रहँदा रकम ठगी गरेको उजुरी पछि पक्राउ खड्कीलाई गरिएको हो ।
सहकारीको हर हिसाव तथा सहकारीको बैंक खाता सन्चालन समेतको सम्पुर्ण जिम्मा आफैं लिई हिसाबको विवरण नदेखाई ५ करोड ६७ लाख नगद ठगी गरी फरार भई लुकीछिपी बसेको अवस्थामाललितपुर धापाखेलबाट सोमबार पक्राउ गरिएकोमहानगरीय अपराध महाशाखाले जनाएको छ ।