
धादिङ भाद्र २२ । युट्युबमा कोरोना नै छैन सरकारले हावा पिटेको अन्तरवार्ता दिई समाजमा अफवाह फैलाएको अभियोगमा सोमबार प्रहरीले सुवास सुब्बा लिम्बुलाई पक्राउ गरेको छ ।
लिम्बुले कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरिरका विभिन्न अंगहरु (किडनी ,आँखा, लिभर झिकेर ) बेचबिखन गरी भष्ट्राचार गरिरहेको अन्तरवार्तामा बताएपछि प्रहरीले पक्राउ गरेको बताइएको छ ।
तेहथुम स्थायी घर भई हाल ललितपुर नक्खिपोटमा बसोबास गर्ने लिम्बुले सरकार विरुद्ध माङमुङ्ग्री लिएर सडकमा आन्दोलन गर्न सबै आउनु पर्दछ भन्ने जस्ता समाजमा उत्तेजना फैलाउने, आम-सर्वसाधारणलाई दिगभ्रमित गराउने, कोरोना भाईरस संक्रमणबारे भ्रम फैलाएको तथा विभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरु दिई प्रचार प्रसार गरेकोले पक्राउ गरिएको छनाएको छ ।