धादिङका सुशिलको अभिनय रहेको म्युजिक भिडियो ट्रेन्डिङमा

Avatar photo
दिपेश कडेल
आइतवार, भदौ २१, २०७७

धादिङ भाद्र २१ । धादिङका सुशिल पढाईको सिलसिलामा इन्जिनियरिङ बिषय पढ्न काठमाडौं गए सँगै पढाइ सँगै मोडलिङमा देखिन थाल्नु भयो । यस अघि २०७१ लगत्तै “नेपाल जिन्दावाद”,”यात्रा”, र “काठमाडौं सहर” जस्ता थुप्रै गीतहरुमा अभिनय गर्दै मोडलिङ लाईनमा डेब्यु गरिसकेका सुशिल अहिले पनि फरक गीतको साथमा दर्शक र श्रोताहरु माझ देखिनु भएको छ ।

पेशा इन्जिनियरिङ भएपनि रुचि र क्षमताले गर्दा नै आज प्रोफेसन सँगै कलाकारिता क्षेत्रमा लोकप्रिय हुँदै हुदै गहिरहनु भएको छ उहाँ । पछिल्लो समय सामाजिक सन्जालमा छाइरहेका सुधिर श्रेष्ठ र रियाशा दाहाल जस्ता चिरपरिचित कलाकारहरुको साथमा सुशिल भिडियोमा निकैनै जमेको देख्न पाइन्छ ।

भिडियो

राजधानी उपत्यका भित्रै ललितपुर र काठमाडौं जिल्लामैं छायाङ्कन गरिएको उक्त “माया नयनी ताल” नामक बोलको गीत सुरुवाति सँगै ट्रेन्डिङमा आउन सफल भइरहेको छ । जुन गीतमा सरोज साजन श्रेष्ठजी को आफ्नै लय, शब्द र स्वर छ, भने एक समय फिल्म इन्डस्ट्रिमा उदाइ सक्नुभएका नायक प्रेम रेग्मीको निर्माणमा बनेको यो भिडियोलाई अन्तर्राष्ट्रिय मुभि मेकर्स कम्पनी नेप्सिनेले तयार पारेको हो ।

यो भिडियोमा सुरेन बसेलको कोरियोग्राफीको साथसाथैँ उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादनमा रहेको गीतलाई विधान कार्की आफैले निर्देशन गर्नूभएको छ ।