
धादिङ भाद्र १९ । बेनिघाट रोराङ गाउँपाकिला ७ चरौंदी स्थित कृषक सुधार फलफुल तथा तरकारी सहकारी संस्था लिमिटेडले किसानलाई ४२५ बोरा रासायनिक मल वितरण गरेको छ ।
कृषि सामाग्री लिमिटेडले रासायनिक मल दिन नसकेपछि सहकारीले साल्ट ट्रेडिङबाट ल्याई कृषकहरुलाई मल वितरण गरेकोे सहकारीका व्यवस्थापक कुमार बस्नेतले धादिङपोष्टलाई बताउनु भयो ।
बेनीघाट रोराङ गाउँपालिका स्थित चरौंदी तरकारी पकेट क्षेत्रको रुपमा चिनिन्छ । रासायनिक मलको अभाव सर्वत्र भै रहँदा सहकारीले आफ्नो क्षेत्र सिमानामा रहेको गारखाका किसानलाई समेत मल प्रदान गरेको थियो ।
हाल एउटा किसानलाई २५ किलो को दरले मल दिएको छौं । भिडभाड नहोस भनेर वितरण प्रणालीलाई वडागत बनाएको सहकारीले बेनीघाट रोराङ ८ मा ७० बोरा, ४ मा ५८ बोरा, ६ मा ७२ बोरा र बाँकी चरौदी बजारबाट वितरण गरिएको व्यवस्थापक बस्नेतले बताउनु भयो । फोटोः उमेश रुवाली