
काठमाडौं भाद्र १९ । नेपाल सरकारका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मन्त्री खतिवडाले राजीनामा पत्र बुझाउनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरे सँगै मन्त्री खतिवडाले शसक्रबार राजिनामा दिनुभएको हो ।
राष्ट्रिय सभाको सदस्यमा निरन्तरता पाउन नसकेपछि उहाँको मन्त्री पद शनिबारदेखि गुम्दै थिायो । संविधानमा संघीय संसदको सदस्य नभएको व्यक्तिले मन्त्री पदमा निरन्तरताको लागि ६ महिनाभित्र सदस्य बनिसक्नुपर्ने व्यवस्था गरेको छ ।