धादिङमा कोरोनाबाट मृत्यू हुनेको संख्या दुई पुग्यो

Avatar photo
Dhadingpost
बुधबार, भदौ १७, २०७७

धादिङ भाद्र १७ । धादिङ जिल्लामा कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या २ जना पुगेको छ ।

सिद्धलेक गाउँपालिका वडा नम्बर ६ का ४५ वर्षिएक एक पुरुष पाटन अस्पतलमा उपचारत थिए । मृगौला रोगी ति पुरुषको मृत्यु भए पछि कोरोना संक्रमण भएको पुष्टि भएको थियो । यस अघि नीलकण्ठ १४ धुवाकोटका एक जना पुरुषको पनि मृत्यु भएपछि कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो ।

बुधबार नै ज्वालामुखी गाउँपालिका २ का ३६ वर्षिय एक जना पुरुषलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सँगै धादिङमा संक्रमित संख्या २२९ जना पुगेको छ भने यस मध्य दुई जनाको मृत्युभएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले धादिङपोष्टलाई बताउनु भयो ।