
धादिङ भाद्र १६ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले सामुदायिक तथा संस्थागत बिधालयमा अध्यापन गराइरहनु भएका प्र. अ. को नेतृत्व विकास, पेशागत दक्षता अभिवृद्धिको लागि वेविनार सुरुगरेको छ ।
बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) को अध्यक्षता र शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्विका प्रसाद अचार्यको प्रमुख अतिथ्यतामा उक्त ७ दिने वेविनार कार्यक्रम सोमबारबाट सुरुभएको हो । यस कार्यक्रममा गाउँपालिका भित्रका सबै सामुदायीक तथा संस्थागत विदालयका प्रधानाध्यपकहरु ७ दिन सम्म सहभागि हुने बताईएकोे छ ।
उक्त वेविनारमा प्रशिक्षकमा रूपमा काठमाण्डो विश्वविद्यालयका प्रोफेसर शिक्षाविद डा. बासुप्रसाद सुवेदीले सहजीकरण गर्नु भएको छ । उक्त वेविनार कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका २०० भन्दा वढि शिक्षकहरू सहभागी हुनुहुन्छ ।
सोमबारको उद्घाटन कार्यक्रममा गाउँपालिकाका शिक्षा अधिकृत बोधराज पाठकले सञ्चालन गर्नुभएको थियो । अध्यक्ष हरि डल्लाकोटी, प्रमुख अतिथि अम्विका प्रसाद अचार्य, गापा उपाध्यक्ष देविप्रसाद सिल्वाल, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराई र शिक्षकहरूको पेशागत संगठनको तर्फबाट नेराशिसंका पालिका अध्यक्ष राजेन्द्र पाण्डे, सम्बोधन गर्नुभएको थियो ।