बैंकको एक कर्मचारीलाई कोरोना देखिएपछि थाक्रे गाउँपालिका बन्द

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १२, २०७७

धादिङ भाद्र १२ । धादिङको थाक्रे गाउँपालिका मा रहेको एक बैंकका कर्मचारीलार्य कोरोना संक्रमण भएको पुष्टी भए सँगै गाउँपालिकाको कार्यालय बन्द गरिएको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै स्वास्थ्य सेवा बाहेक गाउँपालिका भित्र प्रदान गरिदै आएको सबै सेवाहरु अर्को चूचना जारी नहुँदा सम्म बन्द भएको जनाएको हो ।

गाउँपालिका अधिकृत सिता गुरुङद्वारा हस्ताक्षरित सूचनामा राजमार्गमा गुड्ने यातायातका साधन समेत गाउँपालिका क्षेत्रमा रोक्न नपाइने बताईएको छ ।