धादिङको च्याँडुखोलाले दोभानटारको मैदी जाने पक्की पुल बगायो

Avatar photo
Dhadingpost
भदौ १२, २०७७

धादिङ भाद्र १२ । धादिङको सिद्धलेक गाउँपालिका र ज्वालामुखि गाउँपालिकाको सिमानामा रहेको मैदी जाने दोभानटारको पक्ककी पुल च्याँडु खोलाले बगाएको छ ।

शुक्रबार विहान आएको च्याँडुखोलको भलले दोभानटारमा रहेको पक्की पुल बगाएको सुदिप श्रेष्टले धादिङपोष्टलाई बताउनु भयो ।

राती ३ बजे देखि ठुलो पानी त्यस क्षेत्रमा परे सँगै आएको च्याँडुखोलाको भलले पुल बगाएको र खोला छेमा रहेको दुईवटा घरलाई क्षेति पुर्याएको छ भने घरमा रहेका सामान समेत बगाएको श्रेष्टले बताउनु भयो ।