कुम्पुर स्वास्थ्य चौकी प्रमुख अन्सारीलाई आक्रमण गर्नेलाई कार्वाहीको माग

Avatar photo
Dhadingpost
सोमवार, भदौ १, २०७७

धादिङ भाद्र १ । धादिङको सिद्धलेक गाउँपालिका स्थित कुम्पुर स्वास्थ्य चौकीका सिनियर अहेव अधिकृत रकिम अन्सारी माथि भएको हातपातको निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन धादिङले भत्सर्ना गर्दै दोसि उपर कार्वाहीको माग गरेको छ ।

ट्रेड यूनियनका सचिव कृष्णकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, राष्ट्र सेवक स्वास्थ्य कर्मीलाई उच्च मनोबलका साथ काम गर्ने वातावर हुनुको साटो जीउ धनको समेत सुरक्षा नहुने गरि अहेव अन्सारीमाथि भएको घटनामा संलग्नलाई कार्वाही गर्न माग गर्दछौ ।

कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन धादिङले सिद्धलेक गाउँपालिकालाई विज्ञप्ती मार्फत कर्मचारी समायोजन ऐन ०७५ अनुसार समायोजन भै आएकोले नियम अनुसार पदस्थापन गरि कामकाज गर्ने वातावरण बनाई निजले पाउने तलवब भुक्तानी गर्न समेत आब्हान गरेको छ ।

आईतबार साँझ ५ बजे अफिस हाता प्रबेस गरि हाम्रो गाउँपालिका अध्यक्षले र वडा अध्यक्षले भनेको किन मन्दैनस, खुरुक्क यस स्वास्थ्य चौकी छोडेर जान्छस् कि जादैनस् भन्दै श्याम घले र दुर्गाबहादुर नेपालीले आक्रमण गरेको रकिमले बताउँदै आउनु भएको छ ।

धादिङ सिद्धलेक कुम्पुर स्वास्थ्य चौकी प्रमुख अन्सारी माथि हातपात

विज्ञप्ती जस्ताको तस्तैः