
धादिङ साउन २६ । धादिङका ३ वटा गाउँपालिकालाई बाढी र पहिरोले क्षेति पुर्याएकोले बागमती प्रदेश सरकारले आर्थिक सहयोगको घोषणा गरेको छ ।
प्रदेश सरकारले धादिङ बेनीघाट रोराङलाई ३० लाख, सिद्धलेक र गजुरी गाउँ पालिकालाई २०/२० लाख रुपैया सहयोग गरेको हो । यस्तै प्रदेश सरकाले धादिङ ३ सहित प्रदेशभरिका ९ वटा स्थानीय तहलाई सहयोगको घोषणा गरेको छ ।
बाढी पहिरोले क्षेति पुर्याय वापत सहयोग पाउने अन्यमा ६ स्थानीय तहमा नुवाकोटको बेलकोटगढी नगरपालिका २० लाख, सिन्धुपाल्चोकको पाचपोखरी थाङपाल गाउँपालिकालाई १५ लाख र बाह्रबिसे नगरपालिका थप १५ लाख, दोलखाको गौरीशंकर गाउँपालिकालाई ३० लाख, कालिञ्चोक गाउँपालिकालाई १५ लाख र बिगु गाउँपालिका १५ लाख रहेका छ ।