धादिङमा सवारी दुर्घटनामा परि एक वर्षमा ५३ जनाको मृत्यु

Avatar photo
Dhadingpost
साउन १८, २०७७

धादिङ साउन १८ । धादिङ जिल्लामा सवारी दुर्घटनाका कारणले मात्र गत आर्थिक वर्षमा मात्र ५३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले बताउँछ ।

प्रहरीको तथ्याङ्कले २०७६ को साउनदेखि २०७७ असार मसान्तसम्मको अवधिमा १ सय २५ वटा सवारी दुर्घटना हुदाँ ५३ जनाको मृत्यु भएको देखाएको हो ।

जिल्ला प्रहरी कार्यालय कार्यालय धादिङका प्रसूचना अधिकारी रुपक खड्काका अनुसार १ सय २५ वटा सवारी दुर्घटना परि मृत्यु हुनेमा ४० जना पुरुष, ९ जना महिला, ३ जना बालिका र १ जना बालक छन् ।

सूचना अधिकारी खड्काका अनुसार उक्त दुर्घटनामा परि १ सय ४९ सख्त घाईते र २ सय ५ जना सामान्य घाईते भएका थिए जसमा २ सय ४७ जना पुरुष, ९० जना महिला, १५ बालिका र १० जना बालक १ बालिका थिए ।