शालिकराम जम्कट्टेलद्वारा पूर्व माओवादी एकतावद्ध हुन आव्हान

Avatar photo
Dhadingpost
आइतवार, साउन १८, २०७७

धादिङ साउन १८ । धादिङ जिल्लामा ओली समुह सँग मिलेर प्रचण्ड समुहका कतिपय जिम्मेवार नेतालाई जिम्मेवारीबाट पाखा लगाएको आरोप लागेका नेकपा धादिङका इन्चार्ज शालिकराम जम्कट्टेल पछिल्लो समय पूर्व माओवादीहरु एकतावद्ध हुन आव्हान गरेका छन् ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेका जम्कट्टेलले अध्यक्ष कमरेड प्रचण्डलाई कमजोर बनाउने षड्यन्त्र भैरहेको भन्दै पूर्व माओवादी अध्यक्ष प्रचण्ड वरीपरि भएर एकतावद्ध हुन आव्हान गरेका हुन् ।

जम्कट्टेलले आफ्नो फेसबुकमा ७ बुँदा समेटेर स्टाटस लेख्दै कमिकमजोरीको समिक्षा गर्दे जाउला पुर्ब मााओबादी पक्ष अध्यक्ष कमरेड प्रचण्ड को वरिपरि एकताबद्द्ध हुन आग्रह गरेका छन् ।

शालिकराम जम्कट्टेलकाे फेसबुक स्टाटस जस्ताको तस्तै:

मेरो यो धारणा पार्टी एकता कमजोर पार्न र गुटबन्दीलाई बढवा दिनको लागि होइन । एकतालाई मजबुत बनाउन को लागि नै हो ।अहिलेको अनतरसंघर्षमा म एकदम स्पष्ट छु । सबै नेताहरूलाई म उत्तिकै सम्मान गर्दछु । कसैले यसलाई गलत तरिकाबाट भजाउन पनि सक्दछन ।आन्दोलनमा बिचार, नेतृत्व र संगठको महत्वलाई ढिक ढंगले बुझ्नु पर्दछ आज नेकपा भित्र को अन्तरसंघर्षमा बिशेष गरी पुर्ब माओबादी तर्फका तल्लो स्तरका कार्यकर्ता र समर्थक जनमानसहरूको एउटै धारणा छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका पुर्ब माओबादी पक्ष किन एक ढिक्का हुन सकेन ?अध्यक्ष कमरेड प्रचण्ड लाई किन कमजोर बनाउन खोजी दै छ ? स्थायी समिति र केन्द्रीय समिति का नेताहरू किन चुप लागेर बसेका छन ? अध्यक्ष कमरेड प्रचण्ड लई कमजोर पारेर पार्टी एकता जोगिन्छ त ? मेरो बिचारमा

(१) पार्टी एकता जोगाउन अध्यक्ष वरिपरि नै पुर्ब माओबादी धार केन्द्रित हुनु पर्दछ ।

(२) स्कतिपय स्थायि समिति का सदस्य कमरेड हरूको भाबना राम्रै होला तर अध्यक्ष कमरेड को त्यत्रो त्यागलाई अपमान गर्ने , उहाँ को कुरा नसुन्ने ले तपाईं हरूको कुरा पत्याएर एकता जोगाईदिनु हुन्छ ।

(३) समिकरणले बिग्रिएको छैन ।समिकरण बनाउन कोशीश कसले गरेको छैन ?

(४) अध्यक्ष कमरेड प्रचण्ड को प्रबृति अहिलेको पार्टी को समस्या होईन ? बिगतका ईतिहासहरू साक्षी छन । उहा त समाधान हो ।

(५) अन्तरसंघर्ष हुदाँ बिचमा बसेर खेल्ने , एकता गराउने नाममा आफ्नो स्वार्थ सिद्द गर्ने , प्रतिशोध साध्ने प्रबृति देखिन्छ । त्यो अबसरबाद हो । त्यो प्रबृति समाप्त हुन्छ ।

(६) अहिलेको पार्टी को अन्तरसंघर्ष बैचारिक नै हो । हामी आफुलाई कुन बिचारमा उभ्याउने ? समाजबादमा पुग्ने बैचारिक अाधार कुन हो ?

(७) कमिकमजोरीको समिक्षा गर्दे जाउला पुर्ब मााओबादी पक्ष अध्यक्ष कमरेड प्रचण्ड को वरिपरि एकताबद्द बनौ । उहाँ ले अगाडी बढाउने सबै कदमहरूलाई साथ दियौ ।संकटको बेलामा मौन भएर कोही पनि नबसौ ।यतिखेरको हाम्रो मतले बिशेष अर्थ राख्नेछ । तब मात्रै पार्टी एकता जोगिने छ ।