
धादिङ साउन १२ । धादिङ ससाह निवासी केशव अधिकारी जनता समाजवादी पार्टी निकट होटेल क्यासिनो तथा रेस्टुरा मजदुर संघ नेपालको अध्यक्षमा चयन भएका छन् ।
डेढ दशक देखि क्यासिनाे मजदुरमा कार्यरत अधिकारीलाई बुधबार काठमाडौंमा सम्पन्न संघको तेस्रो विशेष अधिवेसनले अध्यक्षमा चयन गरेकाे हाे ।
अध्यक्ष चयन भए सँगै अधिकारीले अहिलेसम्म नेपालमा ट्रेड युनियनको नाममा ट्रेड युनियनहरु भएकोले श्रमिकहरुले ट्रेड युनियन ऐनको अनुभूति गर्न नपाएको बताए ।
उनले हालसालै होटल एसोसिएसन नेपाल र केहि होटल मजदुर संघहरुले गरेको सम्झौता श्रमिकहरुलाई मान्य नहुने बताए । उनले मजदुर नेताहरुले व्यवस्थापकसँग मिलेर मजदुरविरोधी सम्झौता गरेको आरोप लगाए । उक्त सम्झौताले ट्रेड युनियनकै धज्जी उडाउने बताउँदै उनले आफ्नो संगठन उक्त सम्झौता खारेज गर्दै नयाँ श्रमिकपक्षीय सम्झौता नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
अधिवेशनले अधिकारीकाे अध्यक्षतामा २७ सदस्यीय केन्द्रीय समिति बनाएकाे छ ।