धादिङमा तीन जना युवा मिलेर संचालनमा ल्याए, सु-समर्पण कम्प्युटर

Avatar photo
Dhadingpost
सोमवार, साउन १२, २०७७

धादिङबेसी साउन १२ । मुस्कान सहितकाे सेवा दिने प्रतिवद्धता सहित तीन जना युवाहरु मिलेर धादिङबेसीमा सु-समर्पण कम्प्युटरकाे शाखा विस्तार गरेका छन् ।

कम्युटरकाे हार्वयर, सफ्टवेयरमा दख्खल तीन युवाहरु सन्ताेष अधिकारी, राजन सिखडा र राजु सिंखडा मिलेर धादिङबेसी मिलनटाेलमा सु-समर्पण कम्प्युटरकाे शाखा विस्तार गरेका हुन् ।

विभिन्न कम्प्युटर, ल्यापटप, पिन्टर र सि सि क्यामरा विक्री सँगै घर, अफिस तथा स्कुलमा नै पुगेर पिन्टर, सि सि क्यामरा जडान गरिने संचालक सन्ताेष अधिकारीले धादिङपाेष्टलाई बताए ।

हाम्रो सेवा मुस्कान सहितकाे हाे, हामी न्युनतम शुल्क मै घर घर पुगेर काम गर्छाै । अर्का संचालक राजु संखडा बताउँछन् ।