धादिङबेसीमा पुष्पलाल, रामजी, हिमाल र सामनाको स्मृति दिवस मनाईयो

Avatar photo
Dhadingpost
बुधबार, साउन ७, २०७७

धादिङबेसी साउन ७ । धादिङबेसीमा जनक्रान्तिका महान् सहिद तथा वेपत्ता परिवार समाज धादिङको आयोजनामा धादिङबेसीमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, कृष्ण वाग्ले (रामजी), किशोर बस्नेत (हिमाल) र सावित्री घिमिरे (सामना) को स्मृति दिवस मनाईएको छ ।

कार्यक्रममा विसं २००६ वैशाखमा निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्य र पुष्पलाल श्रेष्ठ मिलेर भारतको कोलकातामा नेकपा भएको थियो ।
नेकपाका संस्थापक ४ नेता मध्यका पुष्पलालको आज ३९ औं स्मृति दिवस भएकोले कार्यक्रममा पुष्पलालको चर्चा गरिएको थियो ।

यस्तै तात्कालिन नेकपा माओवादीले संचालन गरेको १० वर्षे जनयुद्धको क्रममा माओवादीको नेताद्वय धादिङको केवलपुरका कृष्ण वाग्ले (रामजी) र भुमेस्थानका किशोर बस्नेत (हिमाल) र नुवाकोटकी साबित्री घिमिरे (सामना) ले आजैका दिन ०६२ साउन ७ गते सहादत प्राप्त गरेका थिए । कार्यक्रममा यी तीनै राजनीति यात्राका विषयमा चर्चा गरिएको थियो ।

समाजका अध्यक्ष रामबहादुर भण्डारीको सभापतित्व र विनोद बाबु रिमालको संचालनमा भएको उक्त स्मृति दिवस कार्यक्रममा नेकपा नेता तथा नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी, नेकपा नीलकण्ठ नगरपालीका वडा नम्बर ३ का अध्यक्ष शान्तविक्रम बानिया, अनेरास्ववियूका कन्द्रिय सदस्य विमल तामाङ, बुद्धिजीवि केशरी प्रसाद पन्त लगायतको आतिथ्यता रहेको थियो ।

धादिङका सहिदद्वय कृष्ण वाग्ले र किशोर बस्नेत बारे लेखिएको लेख