धादिङबेसी नजिकै बगैंचामा मोटरसाईकल दुर्घटना चालकको मृत्यू

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २, २०७७

धादिङबेसी साउन २ । धादिङबेसी सदरमुकाम नजिकै नीलकण्ठ नगरपालिका वडा नम्बर ८ बगैंचामा मोटर साईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बिहिबार साँझ धादिङबेसीबाट पाल्पा भञ्ज्याङ तर्फ जाँदै गरेको प्रदेश ०३–०२–००८ प २४४१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा चालक रामहरि लम्सालको मृत्यू भएको प्रहरीले जनाएको छ ।

नीलकण्ठ नगरपालिका ९ निवासी लम्साल धादिङबेसीबाट घर जाने क्रमममा मोटरसाईकद अनियन्त्रित भई ३० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाईते भएपछि उपचारको लागि काठमाडौ लगिएको थियो ।

दुर्घटनामा परि घाईते भएको २६ वर्षिय लम्सालको उपचारको क्रममा काठमाडौं स्थित काठमाडौँ स्थित ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।