
एजेन्सी, असार २४ । कोरोना रोकथाममा कडा नीति लागु गर्न खोज्ने दुईवटा स्वास्थ्यमन्त्री हटाएका ब्राजिलका राष्ट्रपति जेर बोलसोनारोलाई कोरोना संक्रमणको पष्टि भएको छ ।
कोरोना भाइरसलाई सामान्य ज्वरो भनी अभिव्यक्ति दिदै आएका उनलाई चौंथोपटक टेष्ट गर्दा संक्रमण भेटिएको हो ।
लकडाउनका विरोधी उनलाई शरीरको तापक्रम बढेपछि उनको नमुना परीक्षण भएको थियो । मंगलबार टेलिभिजन अन्तवार्तामा आफू ठिक अवस्थामा रहेको बताएका थिए । ६५ वर्षीय बोलसोनारो खतरामा परेको उमेर समुहका हुन् ।