धुवाँकोट घटनाः रमेश धमला गएर काँग्रेस प्रवेस गराए, रामबहादुर भण्डारी गएर फर्काए

Avatar photo
Dhadingpost
शनिबार, असार २०, २०७७

धादिङ असार २० । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटका दुईवटा गाउँबाट २५० जना भन्दा बढीलाई विद्रोह गराई रमेश धमला लगाएतकानेताहरु पुगेर काँग्रेस प्रवेस गराएको डेढ महिना न वित्दै नेकपा नेता रामबहादु भण्डरी लगायतका नेताले उनीहरुलाई पुन: नेकपामा प्रवेश फर्काएका छन् ।

स्थानीय पार्टीमा अन्तर विरोध भएको खुलासा गर्दै, नेता भण्डारीले अन्तर विरोध कै कारणले कमरेडहरु काँग्रेस प्रबेस गरेका थिए । अन्तर विरोध हल गर्न पार्टी गम्भीर भए सँगै उनीहरुलाई शुक्रबार पुन: नेकपा मै फिर्ता ल्याईएको नेता भण्डारीले धादिङपोष्टलाई बताए ।

स्थानीय नेता कमरेडहरुमा एकले अर्कोलाई निशेष गर्ने गरेको पार्टीले पहिचान गर्दै समाधान गर्न ढिला गरेकोले उक्त घटना घटेको बताउँदै भण्डारीले पार्टी व्यक्ति विशेष नभै विचारका हिसावले चल्ने र सामान्य अन्तर विरोधहरु छलफलबाटै हल गरिए सँगै कमरेडहरु पुन: नेकपा मै फर्कन सुरु गरेको समेत भण्डारीले बताए ।

शुक्रबार बेलुका धुँवाकोट पुगेका नेताहरु राम बहादुर भण्डारी, प्रदेश सांसद डा। रामकुमार अधिकारि, मनराज भन्डारी, सोम्बोले तामाङ, दिपक दिपक विश्वकर्मा लगायतका नेताहरुले उनीहलाई पुन नेकपा मै फर्काएको धुँवाकोटबाट सुमन अधिकारीले जानकारी दिए ।

शुक्रबार पुनः नेकपामा फर्कनेहरुमा कमल घिमिरे, शम्भुराम अधिकारी, सुजन दाहाल, पुस्कर अधिकारी, रमेश दाहाल, अरुण नेपाल, निशान घिमिरे, प्रबेश दाहाल, समृल अधिकारी, सबिन दाहाल, तारा प्रसाद घिमिरे, यम बहादुर दाहाल, जीवन दाहाल, लगायतका छन् ।

यस अघिको सम्बन्धित समाचार

धुवाँकोटमा जनप्रतिनीधि सहित २५० भन्दा बढी काँग्रेसमा प्रवेश