
नेपालको राष्ट्रिय झण्डा
फहराएको
पानी जाहाज नकुदे सम्म,
केरुङ देखि पोखरा सम्म
रेल नकुदे सम्म,
राजधानीमा सुल्सुले
मनो रेल नकुदे सम्म,
सुतेकै बेडमा भात न आय सम्म,
सम्माननिय प्रधान मन्त्री
ज्युले राजिनाम दिनु हुन्न
आऊ अरिङगाल हो, माइतीघर घेरौं ।
परम प्रभुको जय जय कार गरौं
प्रचण्ड, माधव, झलनाथ, बामदेवलाई
भारतिय एजेन्ट घोषणा गरम्
आऊ अरिङगाल हो, माइतीघर घेरौं ।
जवजको बाटो मुस्किल थियो
हिन्न पर्ने तेहि थियौ रे
त्यहि भनी राछन रे
मुस्किलै भएर होला हिन्न
जवजका हिमाइतीहरु
डोजर र भ्याकुरले सजिलो बाटो बनाउदै छ्न्
आउ अब डोजर र भ्याकुरले खनेको सडकमा
इन्कलाब जिन्दाबाद भनौं
भारतिय एजेन्ट मुर्दावाद भनौं
माहाकाली सन्धिमा हस्ताक्षर गर्नेहरुलाई
जय जय कार गरौं
आऊ अरिङगाल हो, माइतीघर घेरौं ।
यहाँ राष्ट्रवादी बन्न भारतलाई
जानेको गाली फ्याक्नुपर्छ
प्रचण्डलाई पुर्व माओवादी नै हो भनी
झ्याक्नु पर्छ
भारतले सरकार ढाल्न खोजे रे
किन ढिला हो ?
लाजिम्पाट घेर्नलाई
भारतिय राजदुत देश छोड
भारतिय विस्तारवाद मुर्दावाद
भन्न बेर भो
आऊ अरिङगाल हो, माइतीघर घेरौं ।
बेसार पानीले कोरोना भाक्छ
अङ्ग्रेजी गितले
सलह कक्रकै हुन्छ
चुट्किलाले फेरि फेरि पनि
चुनाव जितिन्छ
बागमतीको ढलमा जवर जस्ती
ट्राउट माछा खेलेको सपना
देख्न लगाउनु छ,
तिनीलाई के थाहा
झुटा कुरा र भद्दा चुड्किलाले
अइठन हुन्छ,
जवजको ब्याजले
दसैं तिहारको गर्जो टर्छ
सत्ता सङकटमा भो
आऊ अरिङगाल हो, माइतीघर घेरौं ।
मोदी नेपाल आए
हामारा सम्बन्ध रोटि बेटियोकी सम्बन्ध है
भनि
हाम्रा महान कमरेडहरुलाइ
ताली ठटाउन लगाए
त्यस्को २र४ दिनमा
प्रधानमन्त्रीलाई
मोदी सँग दाजे
खै किन हो, बेमानी मोदीले
आफ्नै आफन्तको राजिनाम मागे
र
प्रधान मन्त्रीले एक जना बाहुन
एक जाना गुरुङ्गलाई बाहेक
अरुलाई भारतिय एजेन्ट देखे
भारतले सरकार ढाल्नै लाग्यो
ए हुति हारा अरिङगाल हो
आउ ढिला भो
लाजिमपाट घेरौं
२१ औ शताब्दीका महानायकको
सत्ता टिकाउन जय जयकार गरौ
आऊ अरिङगाल हो, माइतीघर घेरौं ।