धादिङमा कोरोना संक्रमितको पछिल्लो अवस्था (स्थानीय तहगत विवरण समेत)

Avatar photo
Dhadingpost
मङ्लबार, असार १६, २०७७

धादिङ असार १६ । धादिङ जिल्ला बाहिर आफै गएर परिक्षेण गर्ने र जिल्लाले स्वाव परिक्षण गर्न पठाएको मध्य हाल सम्म १२० जना कोरोना संक्रमित भै सकेका छन् । यी मध्य पूर्ण निको भएर फर्कनेको संख्या ८५ जना पुगेको छ ।

मंगलबार सम्मको तथ्याङ्क हेर्ने हो भने धादिङमा ३५ जना कोरोना संक्रमितहरु मात्र जिल्लाको विभिन्न स्थानीय तहहरुले बनाएको आइसोलेशनमा राखिएको छ ।

धादिङमा अहिले सम्मको संक्रमित दरको रेसियो हेर्ने हो भने धादिङमा स्थानिय व्यक्तिहरुमा एक्टिभ सङ्क्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भुवन पौडेल बताउँछन् ।

धादिङमा लकडाउन सार्वजनिक यातायात र शिक्षण संस्थाहरुमा मात्र लागु भएसँगै स्थानीयहरु कोरोना संक्रमणको भएबाट मुक्त हुनभने सकि रहेका छैनन् ।

नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । संक्रमित मध्ये ११ हजार ६ सय ६२ पुरुष र १ हजार ५ सय ८६ जना महिला रहेका छन् । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार १ सय २१ जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या ३ हजार १ सय ३४ पुगेको छ

धादिङका स्थानीय तहगत विवरण