धादिङ दामगाडेबाट अबैध जडीबुटी सहित चार जना पक्राउ

Avatar photo
Dhadingpost
शनिबार, असार १३, २०७७

धादिङ असार १३ । धादिङको रुबी भ्याली गाउँपालिका रुविभ्यालीबाट अबैध जडीबुटी लिएर आउँदै गरेका ४ जनालाई प्रहरीले नीलकण्ठ १२ दामगाडेबाट पक्राउ गरेको छ ।

रुबी भ्यालीबाट धादिङवेसी तर्फ आउदै गरेको बा ५ ख ६१८० नम्बरको स्वराज मिनि ट्रकलाई शुक्रबार राति नीलकण्ठ १२ दामगाडेमा चेक जाँच गर्ने क्रममा अबैध जडीबुटी सहित ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको हो ।

बरामद गरिएको सामान

  • जटामसी ३१० किलो ०७७ ग्राम,
  • निरमसी २ किलो १५०ग्राम,
  • गुची च्याउ १७ ग्राम
  • यार्सा गुम्बा १ किलो ८ ग्राम

पक्राउ पर्नेमा रुविभ्यालीका झ्यापरोङ तामाङ, नामग्याल तामाङ, ट्रक चालक पेम्बा तामाङ,सह(चालक टसी तामाङ छन् । उनीहरुले गाडी भित्र प्लाष्टिकको बोरामा लुकाई छिपाई जडीबुटी ल्याएको प्रहरीले जनाएको छ ।