धादिङ कारागारका बन्दीलाई N95 मास्क प्रदान

Avatar photo
Dhadingpost
शनिबार, असार १३, २०७७

धादिङ असार १३ । फोकस नेपालले धादिङबेसी स्थित जिल्ला कारागारमा रहेका बन्दीहरुलाई एन मास्क सहिति स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरेको छ ।

क्रिस्चिएन एडसँगको सहकार्यमा सञ्चालित रेजिलेन्ट नेपाल परियोजना अन्तरगत कोरोना भाइरस रोकथाम र न्यूनीकरणका लागि स्वास्थ्य सुरक्षाका सामग्रीहरु मास्क, सेनिटाइजर, ग्लोब्स कारागारमा रहेका बन्दीहरुलाई प्रदान गरिउको कार्यक्रम संयोजक जीवन सिलवालले धादिङपोष्टलाई बताए ।

संयोजक सिलवालका अनुसार शुक्रबार बन्दीहरुका लागी फिल्टर सहितको एन ९५ मास्क ३ सय ५० थान, २ हजार पिस सर्जिकल गोल्ब्स, २० थान सेनिटाईजर र ५ सय पिस सर्जिकल मास्क कारागारका निमित्त प्रमुख जेलर कृष्ण कुमार श्रेष्ठलाई सामाग्री हस्तान्तरण गरिएको थियो ।

१ सय ३० कैदी बन्दी क्षमता रहेको जिल्ला कारागार धादिङमा अहिले ३ सय ५० जना बन्दीहरु रहेका छन् ।