
धादिङ असार १० । धादिङको बेनिघाट रोराङ गाउँपालिका जोगीडाँडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जोगीडाँडा स्थित दिल बहादुर तामाङको घरमा काठको काम गर्ने क्रममा करेन्ट लागेर ५५ बर्षीय खुलाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार करेन्ट लाग्दा खुलाल तामाङको सोमबार घटना स्थलमै मृत्यु भएको हो ।