युएईबाट १ सय ४८ नेपाली चार्टड उडान मार्फत नेपाल फर्किए

Avatar photo
Dhadingpost
शुक्रबार, असार ५, २०७७

हरि नेपाली

युएई असार ५ । युएईबाट नेपाल एअर लायन्सको पहिलो चार्टर्ड विमानले शुक्रबार उडान दुबईबाट काठमाडौको लागि भरेको छ ।

कोरोना भाइरसको महामारीका कारण युएईमा अलपत्र परेका नेपाली लाई सरकारले निर्धारण गरेको प्राथमिकता क्रम अनुसार चार्टड उडान मार्फत नेपाल लैजान युएईको दुबई नेपाल एअरलाइन्सको न्यारोबडी जहाज आरए (२२९२) को पहिलो चार्टड उडानमार्फत १ सय ४८ जना नेपालीहरु स्थानीय समय अनुसार शुक्रबार बिहान ५ बजे नेपाल फर्किएका हुन् ।

पहिलो उडान मार्फत नेपाल फर्कनेहरु दूतावासको प्राथमिकता क्रम अनुसार गर्भवती महिला, बिरामी,असक्त र आफन्त गुमाएकाहरु रहेका छन्।जसमा ९४ जना गर्भवती महिला र १० जना गर्भवती महिलाका श्रीमान, १० अशक्त बिरामी रहेका छन् भने विभिन्न रोगको उपचार गराइरहेका २० जना रहेका छन् यस्तै,आफन्त गुमाएका १३ जना र २ जना बच्चा सहित जम्मा १ सय १ जना महिला र ४७ जना पुरुष सहित १ सय ४८ नेपाली स्वदेश फर्किएको नेपाली दूतावासका राजदूत कृष्ण प्रसाद ढकालले जानकारी दिएका छन् ।

आजको चार्टड विमानमा एक जनाको शव पनि नेपाल पठाइएको छ । गएको चैत २८ गते यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव नेपाल पठाइएको दूतावास स्रोतले बताएको छ।

गत जुन १६ र १८ को लागि तय भएको उडान यहाँ स्थित सम्बन्धित निकायको अनुमति प्राप्त नभएपछी रद्द भएको थियोे ।

नेपाल एअरलाइन्सको अर्को उडान आउदो २१ तारीख आइतबार हुने बुझिएको छ । यस्तै हिमालयन एयरलाइन्स, एयर अरेबिया र फ़्लाई दुबई लगायतका एअरलाइन्सहरुले समेत उडान भर्ने संभावना रहेको स्रोतले जानकारी दिएको छ ।