
धादिङबेसी असार ३ । धादिङ जिल्लाबाट पीसीआर परिक्षणको लागि पठाईएको ६५७ जना मध्ये अब ५३ जनाको मात्र पिोर्ट आउन बाँकी रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङका सूचना अधिकारी दिपक अछामीका अनुसार ६५७ जनाको पीसीआर परिक्षणका लागि पठाईएकोमा ५१८ जनाको नेगेटिभ आएको र ८६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ भने अझै रिपोर्ट आउन बाँकी संख्या ५३ जना रहेको छ ।
धादिङमा देखिएको कोरोना भाईरस पोजेटिभ ९२ जना मध्ये धादिङबाटै स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको ८६ जना र सिधै जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको संख्या ६ रहेका समेत सूचना अधिकारी अछामीले धादिङपोष्टलाई जानकारी दिए ।
धादिङका संक्रमित मध्ये नेत्रावती डब्जोङ गाउँपालिकाको एक पुरुष, गल्छी गाउँपालिकाकी एक महिला र थाँक्रेका एक पुरुष, सिद्धलेककी एक महिला र धुनिबेशीकी कोरोना संक्रमित एक महिला गरी ५ जना निको भएर फर्किसकेका छन् ।
अहिले सम्म धादिङमा संक्रमितको संख्या
- धादिङको नीलकण्ठ नगरपालिकामा ५१ जना
- ज्वालामुखी गाउँपालिकामा २७ जना
- त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जना
- सिद्धलेक गाउँपालिकामा २ जना
- नेत्रावती डब्जोङ गाउँपालिकामा १ जना
- गल्छी गाउँपालिकामा १ जना
- थाँक्रे गाउँपालिकामा १ जना
- धुनीबेसी नगरपालिकामा १ जना
- गजुरी गाउँपालिकामा १