
काठमाडौं असार ३ । प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालय र सातवटै प्रदेश प्रहरी कार्यालयलाई परिपत्र गर्दै लकडाउन खुकुलो भए सँगै नेकपा विप्लव समूहबाट सुरक्षा थ्रेट हुने आँकलन गरेको छ ।
हेडक्वाटरले जारी गरिएको परिपत्रमा भनिएको छ, ‘विप्लव समूहको सूचना संकलन गर्न र भेटिएमा तुरुन्त पक्राउ गरि चन्दा आतंक रोक्न विशेष टोली परिचालन गर्नू ।
अपराध अनुसन्धान विभागका प्रमुख एआइजी हरि पालद्वारा हस्ताक्षरित पत्रमा महानगरीय प्रहरी कार्यालय र सातवटै प्रदेश प्रहरी कार्यालयलाई पत्र लेख्दै अपराध बढ्न सक्छ, सतर्क रहन निर्देशन दिँदै सडक तताउनेदेखि विप्लवसम्मलाई निगरानी गर्न भनिएको छ ।
प्रहरी प्रधान कार्यालयले लकडाउन खुकुलो भए सँगै चोरी बढ्ने भन्दै विगतका स्थानमा हुने चोरी नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी परिचालन गर्नुपर्ने, आर्थिक कारोबार हुने स्थान र बढी भिड हुने व्यापारीक क्षेत्रमा र बहुमूल्य सामानको कारोबार हुने स्थानहरुमा गस्ती, पेट्रोलिङ बढाउन, जेलबाट छुटेका पकेट चोर, डाँकाहरुको निगरानी गर्न समेत प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । तस्वीरः पहिलो पोष्ट