
काठमाडौं असार ३ । अधिकांश घरबेटीहरूले डेरावालासँग विद्युत् महसुल १५ रुपैयाँ प्रतियुनिटसम्म लिने गरेका पाईएको छ । जबकि प्राधिकरणको नयाँ महसुल दर न्यूनतम ३ र अधिकतम १२ रुपैयाँ प्रतियुनिट मात्र छ ।
सामान्यतया घरबेटीले सबमिटर राखेर त्यसमा उठेको अंकका आधारमा भाडावालसँग महसुल लिन्छन् । तर त्यसो गर्दा अधिकांशले १५ रुपैयाँ प्रतियुनिटका दरले हिसाब गर्ने पमईएकोले आयोगले बढी महसुल नलिन निर्देशन गरेको हो ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्राधिकरणलाई तिर्नेभन्दा बढी महसुल घरबेटीले उठाउनु गैरकानुनी हो ।