
धादिङ जेष्ठ ३२ । धादिङ जिल्ला स्थित नीलकण्ठ नगरपालिकाका एक जनामा आईतबार कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सँगै धादिङमा कोभिड १९ को संक्रमित संख्या ८३ जना पुगेको छ ।
हालसम्म धादिङको नीलकण्ठ नगरपालिकामा ४२ जना, ज्वालामुखी गाउँपालिकामा २७ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जना, सिद्धलेकमा २ जना, नेत्रावती डब्जोङमा १ जना गल्छीमा १ जना, थाँक्रेमा १ जना, धुनीबेसी नगरपालिकामा १ जना र गजुरी गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
जिल्लामा अहिले सम्म आरडिटी परिक्षण २, ५२२ जना, पिसिआर परिक्षण ५३९ जना गरिएको छ । जसमा पिसिआर परिक्षण रिपोर्ट पोजेटिभ आउनेमा ८३ जना पुगेका छन् । जिल्ला भरका क्वारेन्टिनमा २५७ जना र होम क्वरेन्टिनमा ४५६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङका सूचना अधिकारी दिपक अछामीले धादिङपोष्टलाई बताए ।
संक्रमित मध्ये नेत्रावती डब्जोङ गाउँपालिकाको एक पुरुष, गल्छी गाउँपालिकाकी एक महिला र थाँक्रेका एक पुरुष, सिद्धलेककी एक महिला र धुनिबेशीकी कोरोना संक्रमित महिला भने निको भएर फर्किसकेका छन् ।