
काठमाडौं जेष्ठ २६ । राष्ट्रिय सहकारी महासंघले सहकारी अभियानबाट संकलन भएको २७ लाख एक हजार ७६४ रुपैयाँ कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रदान गरेको छ ।
महासंघका अध्यक्ष मिनराज कँडेलले उपप्रधान तथा रक्षामन्त्री तथा कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
चेक हस्तान्तरण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सहकारी क्षेत्रले तल्लो तहदेखि नै उल्लेखनीय काम गरेकोमा धन्यवाद दिँदै कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण कार्यका लागि गरेको विवरण समेत उपलब्ध गराउन आग्रह गरे ।
महासंघका अध्यक्ष कँडेलले सहकारी अभियानले हालसम्म कोरोना रोकथाम र राहत कार्यक्रममा १० करोड भन्दा बढि सहयोग गरिसकेको जानकारी दिए । संघीय सरकारको कोषमा रकम उपलब्ध गराउन राष्ट्रिय सहकारी महासंघ र झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ५÷५ लाख रुपैयाँ प्रदान गरेका थिए ।
त्यसैगरी झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २ लाख, राष्ट्रिय सहकारी महासंघका कर्मचारीले १ लाख ११ हजार ९ सय ३७, नवलपरासीको किसान कल्याण साकोसले १ लाख ३ हजार, झापाको मेची सहकारी संस्थाले १ लाख १ हजार १११, काभ्रेको विन्धबासिनी साकोसले १ लाख १ हजार १११, झापा र कास्कीका जिल्ला सहकारी संघहरुले जनही १ लाख १ हजार प्रदान गरेका थिए । कैलालीको नवजिवन सहकारी संस्थाले १ लाख १ हजार प्रदान गरेको छ ।
त्यसैगरी, राष्ट्रिय सहकारी महासंघको सञ्चालक समितिले ६९ हजार, काभ्रेको सामुदायिक साकोसले ६१ हजार, काठमाडौंको कुमारी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभले ५५ हजार ५ सय ५५ सहयोग गरेका छन् । मोरङको जिल्ला सहकारी संघले ५२ हजार ५ सय, झापाको हाम्रो नेपाल साकोस र कन्चनजंघा बहुउद्देश्यीय सहकारी र दोलखाको मिलिजुली कालिञ्चोक साकोसले समान अंकमा ५१ हजार प्रदान गरे । काठमाडौंको सुयोग्य साकोसले ५० हजार ५ सय ५५, धादिङको जनकल्याण साकोस र काठमाडौंको मनिप्लान्ट साकोसले समान अंकमा ५० हजार प्रदान गरे ।
ललितपुरको मनास्लु बहुउद्देश्यीय सहकारी संस्थाले ४० हजार, काठमाडौंको मेगा ड्रिम साकोसले २७ हजार ७ सय ७७ रुपैयाँ, दोलखाको जिल्ला बचत तथा ऋण सहकारी संघले २५ हजार १ सय ५ रुपैयाँ, जिल्ला सहकारी संघ लि दोलखाले २५ हजार प्रदान गरे भने बाराको साना किसान कृषि सहकारी संस्थाले २५ हजार, भक्तपुरको श्री सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्थाले २० हजार, ललितपुरको माता विन्धबासिनी साकोसले ११ हजार १ सय ११ र पर्साको जिल्ला बचत तथा ऋण सहकारी संघले ११ हजार रुपैयाँ सहयोग गरेको महासंघले जानकारी दिएको छ । कारोबार दैनिकमा खवर प्रकाशित छ ।