धादिङका अनलाइनहरु संगठित, जन्मियो डिएमएन धादिङ

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ २४, २०७७

धादिङ जेष्ठ २४ । धादिङ जिल्लामा दर्ता भएर संचालनमा आएका अनलाइनहरु एकता वद्ध हुँदै केशव अधिकारीको अध्यक्षतामा डिजिटल मिडिया नेटवर्क (डिएमएन) गठन भएको छ ।

धादिङमा दर्ता भएका अनलाइनहरुको जुम मिटिङमा भएको भेलाले केशव अधिकारीको अध्यक्षतामा ९ सदस्यीय डिजिटल मिडिया नेटवर्क (डिएमएन) धादिङ गठन भएको हो ।

भेलाले उपाध्यक्षमा गोमा थापा, सचिवमा नारायण सिलावल र कोषाध्यक्षमा आशिष ठकुरी, सदस्यहरुमा शिवप्रसाद देवकोटा (संजय), बद्री अधिकारी, दोलख गुरुङ, विवेक अर्याल र धर्मेन्द्र श्रेष्ठलाई चयन गरेको छ ।

भेलामा आमन्त्रित अतिथि पत्रकार महासंघ धादिङका सचिव राजाराम शर्माले धादिङका अनलाइनहरु संगठित भएकोमा खुसी व्यक्त गरेका थिए । अनलाइनहरुलाई व्यवस्थित र मर्यादिन बनाउन सहयोग पुग्नेमा आशा राखेका थिए ।

दुई घण्टा सम्म चलेको उक्त भेलामा कृषि रेडियोका स्टेशन म्यानेजर सरोज पौडेलले धादिङका अनलाइनहरुको एकताको सन्देश जाने गरि डिजिटल मिडिया नेटवर्क (डिएमएन) धादिङले काम गर्नुपर्ने बताएका थिए ।