
धादिङ जेष्ठ २२ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ ले राहात वितरणमा नयाँ शैली अपनाउँदै दुई लिन काममा लगाई १ बोरा चामल दिन सुरु गरेको छ ।
पहिलो चरणमा ४५० भन्दा बढी परिवारलाई खाद्यान्न र स्वास्थ्य सामाग्री राहात स्वरुप वितरण गरेको यस वडाले दोस्रो चरणको राहात वितरणमा फरक शैलि अपनाएर खाद्यान्न अभाव भएको परिवारको एक सदस्यलाई २ दिन काममा लगाएर ३० केजीको १ बोरा चामल वितरण गर्न थालेको हो ।
दैनिक जीवन यापनमा समस्या परेका मजदुरहरुको लागि गाउँपालिकाले गरेको २ दिन मजदुरी १ बोरा ३० के जि सोना मन्सुली चमाल दिने निर्णय अनुसार यस वडाले १०० जना भन्दा बढीलाई काममा लगाई राहात वितरण गरि सकिको वडा कार्यालयका सचिव केशर भुजेलले धादिङपोष्टलाई बताए ।
वडाले संचालन गरेको २ दिन मजदुरी, ३० के जि सोना मन्सुली चमाल अभियान अन्तरगत रिचोकटार कुलो सरसफाई, आँपखर्क बागेश्वरी सडक नाली निर्माण, माथिल्लो वर्वाङ देखि गोमती पुल सम्म गोरेटोबाटो सरसफाई, सुन्धनी गुफा जाने सिढी निमार्ण लगायतको काम भएको सचिव भुजेलले बताए ।

उक्त कामको धादिङका संघीय सांसद भुमी त्रिपाठी, गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराई लगायतले अनुगमन गरेका थिए ।
बेनिघाट रोराङका सम्पूर्ण खवरहरुको संगालो हेर्न यो लिङ्कमा क्लिक गर्नु होला