
धादिङ जेष्ठ २२ । धादिङबेसी सदरमुकाममा ६७ दिन देखि बन्द रहेको फलफुल पसलहरु बिहिबार देखि खुलेका छन् ।
धादिङ उद्योग वाणिज्य संघको संयोजनमा रहेको १७ वटा संस्थाहरुको वैठकले धादिङ जिल्लामा बाहिरी जिल्लाबाट फलफूल ल्याई विक्रि वितरणमा रोक लगाए सँगै जिल्लाका सबै फलफुल पसलहरु बन्द थिए ।
सरकार तरकारी तथा फलफुल विक्रि वितरणमा रोकावट छैन भन्ने, धादिङ उद्योग वाणिज्य संघले बन्द गर्ने भए सँगै बन्द भएको पनि ६७ दिन भयो, अझै खुलाउने स्थिति नदेखिएकोले हामी व्यवसायीहरु एकतावद्ध भै, फलफुल पसल खुलाएका हौ, व्यवसायी गणेश अर्यालले धादिङपोष्टलाई बताए ।
कोरोना संक्रमण रोक्न फलफुल बन्द गरेर मात्र हुँदैन, संक्रमण देखिएका जिल्लाबाट खाद्यान्न, निमार्ण सामाग्री नियमित जिल्ला भित्रि रहेकोले आफुहरुले पनि सामाजिक दुरी कायम गरि फलफुल पसल खोलेको उनलले बताए ।
एक साता अघि देखि धादिङमा तरकारी र दुग्ध जन्य पसलहरु बिहानभर र फलफुल पसल बाहेकका अन्य सबै किसिमका पसल उद्योगहरु ११ बजे देखि ४ बजे संचालनमा आए सँगै फलफुल व्यवसायीहरु आफुलाई व्यवसाय गर्नबाट बन्चित गरिएको बन्दै आक्रोस जनाउँदै आएका थिए ।


