नीलकण्ठको एउटै वडामा ६ ठाउँमा क्वारेन्टाइन

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २१, २०७७

धादिङ जेष्ठ २१ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ ले आफ्नो वडामा भरत लगायतका अन्य मुलुकबाट आएका स्थानीयलाई राख्न हाल ६ वटा क्वारेन्टाइनलाई प्रयोगमा ल्याएको छ ।

वडा अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार वडा भो भौगोलिक अवस्थालाई हेरि हाल ६ ठाउँमा क्वारेन्टाइन बनाईएको हो । जसमा हाल २२ जना बस्दै आएका छन् । ग्रामिण क्षेत्र भएकोले होटल सुविधा नभएकोले हाल क्वारेनटाईनमा बस्नेहरुले नै आफै खाना खाजा बनाउन लगाईको छ अन्य अहिले सम्म सबै खुसी नै छन् ।

अझै भारत दुबईबाट आउने तयारीमा २० जना भन्दा बढी रहेको बताउँदै वडा अध्यक्ष श्रेष्ठ भन्दछन्, उनीहरु मध्य दुबई देखि आउनेलाई काठमाडौ र भारतबाट आउनेलाई सिमानाका सम्म वडाले नै यातायातको व्यवस्था गर्नेछ ।

नीलकण्ठ वडा नम्बर ५ को क्वारेन्टाइनको अवस्था