
धादिङ जेष्ठ २१ । धादिङको सिद्धलेक गाउँपालिका–५ कुम्पुर घर भएकी एक २३ वर्षिया गर्भवती महिला कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
धादिङ जिल्ला अस्पतालमा ३ घण्टा उपचारगराई, जेष्ठ १४ गते थप उपचारको लागि काठमाडौं स्थित थापाथली परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचाररत थिईन उनलाई मंगलबार कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
अस्पतालका निर्देशक प्रा।डा जागेश्वर गौतम अनुसार संक्रमित महिला ६ दिन अगाडि ज्वरो आई अस्पताल भर्ना हुनुभएको थियो । परीक्षणका क्रममा ति महिलालाई पिसाबको पनि संक्रमण भएको थियो ।
उक्त संक्रमित गर्भवती महिलाको सम्पर्कमा आएका चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङ गएिको छ भने उनको गाउँलाई स्थानीय प्रशासनले सिल गर्न बुधबार सराकारवालाहरु सँग छलफल गर्ने भएको छ ।
योसँगै धादिङमा कोरोना भाइरस बाट सङ्क्रमित हुनेको सङ्ख्या ४ पुगेको छ । यसअघि नेत्रावती डबजोङ गाउँपालिकाका १ जना पुरुष, गल्छी गाउँपालिकाकी १ जना महिला र थाक्रे गाउँपालिकाकी १ जना महिलामा सङ्क्रमण पुष्टी भएको थियो । कोरोना पुष्टी भएका तिनै जना उपचार गरेर घर फर्किसकेका छन् ।