धादिङका क्रियाशिल पत्रकारको नि:शुल्क बीमा

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ १९, २०७७

धादिङबेसी जेष्ठ १९ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले जिल्लाका क्रियाशिल ५६ जना पत्रकारहरु को दुर्घटना र कोरोना बीमा गरिदिएको छ ।

धादिङका क्रियाशिल ५६ जना पत्रकारको प्रति व्यक्ति रु.६५० का दरले ज्योति लाइफ इन्स्योरेन्समा दुर्घटना बीमा र नेको इन्स्योरेन्समा प्रति पत्रकार रु.६०० का दरले ४४ जना क्रियाशिल पत्रकारहरुको कोरोना बीमा पत्रकार महासंघ धादिङले गरि दिएको हो ।

पत्रकार महासंघ धादिङका सचिव राजाराम शर्माका अनुसार ४४ जनाकाे १२५०  पत्रकार महासंघले दरले बीमा गरेकाे हाे । बाँकी १२ जना जनमध्ये रेडियाे धादिङका ९ जना र नीलकण्ठ एफएमका ३ जनाकाे संबन्धित मिडिया हाउसले काेराेना विमागरेका थिए ।

ज्योती लाईफ इन्सुरेन्स धादिङ शाखाका प्रमुख जयराम ढुङ्गानाले धादिङपोष्ट सँग भने, दुर्घटना बीमाका विभिन्न मापदण्ड छन्, धादिङका पत्रकारहरुले गरेको बीमामा दुर्घटनामा परि मृत्यु भएमा २ लाख, कुनै पनि कारणले मृत्यु भएमा १ लाख , पूर्ण अपाङ्ग भए १ लाख, आम्शिक अपाङ भए कम्पनीको नियमानुसार बढीमा १ लाख, दुर्घटनामा परि औषधी उपचार गर्नु पर्यो भने १० हजार, काजक्रिया खर्च १० हजार दिईने छ ।

प्रमुख ढुङ्गानाका अनुसार ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालकै पहिलो र सर्वाधिक घातक रोगहरु विरुद्ध आर्थिक सुरक्षा दिने कम्पनी हो । कम्पनीले ३५ घातक रोग विरुद्ध उपचारको लागि ५० लाख रुपैयाँ सम्मको आर्थिक जोखिम सुरक्षा प्रदान गर्ने नेपालकै पहिलो र सर्वाधिक घातक रोगहरु विरुद्ध आर्थिक सुरक्षा दिने कम्पनी बनेको हो ।