
धादिङ जेष्ठ १८ । धादिङ जिल्लाका ४२ जना मृगौला रोगीहरुले एउटै अस्पतालमा डायलोसिस गराउँछन्, भने अन्य अस्पतलहरुमा उपचार गराउनेहरुको संख्या धादिङको मात्र १५० जना रहेको छ ।
उपचारको लागि अस्पताल पुगेर नियमित डायलोसिस गराउनेको संख्या हेर्दा धादिङ जिल्लामा मृगौला रोगीहरुको चापलाई सामान्य रुपमा हेरिनु हुँदैन ।
गजुरीका २० वर्षिय सोमबहादुर मगर देखि त्रिपुरासुन्दरीका ७० वर्षिय ब्रह्मलाल थपलिया लगायत ४२ जनाले एउटै अस्पताल (राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थली) मा नि:शुल्क डायलोसिस गराउँदै आएका हुन् भने अन्यले भने देशका विभिन्न ठाउँहरुमा डायलोसिस गराउने गरेका छन् ।
यसरी गरिन्छ डायलोसिस
डा. नवीनबहादुर बस्नेत, मिर्गौला रोग विशेषज्ञ
दुवै मिर्गौलाले काम गर्न छाडेपछि कृत्रिम डाइलोसिस गर्नुपर्ने हुन्छ । मिर्गौलाको काम रगत सफा गर्ने हो । यसले रगतमा भएको विकार पदार्थलाई पिसाबका माध्यमबाट बाहिर निकाल्ने काम गर्छ ।
दुई प्रकारबाट डायलोसिस गरिन्छ, एउटा पेटबाट र अर्को मेसिनबाट । नेपालमा मेसिनबाट हुने डायलोसिस प्रचलनमा छ । मिर्गौलामा मात्रै समस्या हुने व्यक्तिले हप्तामा दुईपटक मात्र डायलोसिस गर्दा हुन्छ । तर पिसाबमा, मुटुमा समस्या भएका र उच्च रक्तचापका बिरामीले भने आवश्यकता अनुसार हप्तामा ३–४ पकटसम्म डायलोसिस गराइन्छ । डायलोसिस गर्दा बिरामीलाई मेसिनमा जोडिन्छ । जुन मेसिनमा दुईवटा सियो हुन्छन् । एउटा सियोले रगत सफा गर्छ भने अर्कोले रगतमा भएको फोहोर पदार्थलाई बाहिर निकाल्ने काम गर्छ । यो प्रक्रिया कम्तीमा चार घन्टासम्म गर्नुपर्छ । मेसिनले १ मिनेटमा ३ सय एमएल रगत छान्ने काम गर्छ ।
उपचार विधि
मिर्गौला फेल भएपछि दुई प्रकारले यसको उपचार गर्न सकिन्छ । एउटा मिर्गौला प्रत्यारोपण र अर्को डायलोसिस । तर, डायलोसिस भने अल्पकालीन उपचार मात्र हो । त्यसैले मिर्गौला बिग्रेपछि प्रत्यारोपणमा नै केन्द्रित हुन जरुरी हुन्छ ।
मिर्गौला चरण–चरणमा बिग्रँदै जाने समस्या हुन्छ । मिर्गौलामा दुई प्रकारका समस्या देखा पर्छन् । एउटा समस्या उपचारपछि निको हुन्छ भने अर्कोचाहिँ उपचारपछि पनि निको हुन सक्दैन । त्यस्तो अवस्थामा मानिसमा प्रत्यारोपणको विकल्प हुँदैन ।
आजीवन औषधि
मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले आजीवन औषधिको सहारा लिनुपर्छ । हाम्रो शरीरमा अरूको अंग पूर्ण रूपमा फिट हुन सक्दैन । त्यसैले अरूको मिर्गौला पनि शरीरले सजिलै राख्न मान्दैन । शरीरमा हुने प्रतिरोधात्मक क्षमताले गर्दा नयाँ मिर्गौला बिगार्छ । यसर्थ, मिर्गौलाको सुरक्षाका लागि आजीवन औषधि सेवन गर्नुपर्छ ।
मिर्गौला बचाउन के गर्ने ?
ऋषिकुमार काफ्ले, मिर्गौला रोग विशेषज्ञ
शारीरिक व्यायाम
मिर्गौलामा रोग लाग्न नदिन शारीरिक व्यायाममा ध्यान दिन जरुरी हुन्छ । यसका लागि मर्निङवाक, जिम, प्राणायाम, योग, खेलकुदजस्ता गतिविधि गर्न सकिन्छ ।
जीवनशैली
स्वस्थ रहन जीवनशैली पनि स्वस्थ हुनुपर्छ । अस्वस्थकर खानाकै कारण पनि मिर्गौला बिग्रने समस्या हुन्छ । रातो मासु खाने व्यक्तिमा पनि मिर्गौलाको समस्या देखिने विभिन्न अनुसन्धानले देखिएको छ । हामीकहाँ विशेषगरी खराब आहारकै कारण मिर्गौला रोगीको संख्या बढिरहेको छ । फास्टफुड र जंकफुडले पनि मिर्गौला बिगार्छ । त्यसैले स्वस्थकर खानाको नियमित प्रयोग जरुरी छ ।
पानी पिउने
पानी कम पिउने मानिसमा मिर्गौलामा समस्या देखिन्छ । स्वास्थ्यका लागि दैनिक करिब तीन लिटर पानी आवश्यक हुन्छ । योभन्दा कम पानी पिउने मानिसको मिर्गौलामा बिस्तारै समस्या देखिन थाल्छ । पानीको कमी भएरन भएकोबारेमा पिसाब हेरेर पनि थाहा पाउन सकिन्छ । सफा पिसाब छ भने पानीको मात्रा ठिक्क छ भन्ने बुझ्नुपर्छ । यदि पिसाब सफा छैन भने पानीको मात्रा कम भएको बुझ्नुपर्ने हुन्छ ।
३० वर्षपछि चेकअप
३० वर्ष नाघेका मानिसले वर्षमा कम्तीमा एकपटक मिर्गौलाको जाँच गराउनु जरुरी हुन्छ । उच्च रक्तचाप, मधुमेह र मिर्गौलामा समस्या हुने व्यक्तिहरूका लागि त यस्तो जाँच अनिवार्य नै हुन्छ ।
पेनकिलर नखाने
एन्टिबायोटिक र दुखाइ कम गर्ने पेनकिलरले पनि मिर्गौला बिगार्छ । सामान्य दुखाइमा पनि पेनकिलरको प्रयोग गर्दा मिर्गौलामा असर पुग्छ । त्यसैले यस्तो औषधि सेवन गर्दा चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ ।
यी अस्पतालमा हुन्छ निःशुल्क मृगौला उपचार
उपत्यका भित्र वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, मानब अंग प्रत्यारोपण केन्द्र भक्तपुर, राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थली, नेपाल मेडिकल कलेज जोरपाटी, वि एण्ड वि अस्पताल ललितपुर, आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुर, नेशनल डायलाइसिस सेन्टर बसुन्धारा रहेका छन् । उपत्यका बाहिरका अस्पतालहरु पोखरा, विरगञ्ज, धनुषा, भैरहवा, चितवन, लगायतका छन् ।
यी हुन् धादिङ जिल्लाका ४२ जना, राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थली मात्र नियमित डायलोसिस गराउँछन्
१. अम्बर बहादुर नेपाल, वर्ष ४७, धुँवाकोट
२. अनिता घले, वर्ष २७, गम्दी
३. आशा तामाङ, वर्ष ३१, सेमजोङ
४. भक्तबहादु तामाङ, वर्ष ४०, तसर्फु
५. भवानी पौडेल, वर्ष ५१, गजुरी
६. बिनु कार्की, वर्ष ३३, नीलकण्ठ
७. विष्णु घले, वर्ष ३६ बसेरी
८. ब्रम्हा थपलिया, वर्ष ७०,त्रिपुरेश्वर
९. चोपबहादुर भण्डारी, ४७, नीलकण्ठ
१०. दलबहादुर तामाङ, वर्ष ५७, गुम्दी
११. देउती मायाँ गुरुङ, वर्ष ४९ नीलकण्ठ
१२. देवकुमार गुरुङ वर्ष ३२, सल्यानकोट
१३. जगतबहादुर मगर, वर्ष ५०, बेनीघाट
१४. जीतबहादुर गुरुङ, वर्ष ६३, नीलकण्ठ
१५. केदार राना, वर्ष ५४, मुलपानी
१६. खड्गकुमारी लामिछाने, वर्ष ६४, गल्छी
१७. खेमबहादुर सार्की, वर्ष ६६, नीलकण्ठ
१८. कृष्णमान बाडा, वर्ष ५४ ढोला
१९. मानबहादुर गुरुङ, वर्ष ३३ जोगिमारा
२०. मेन्चुर तामाङ, वर्ष ६१ लापा
२१. मानबहादुर तामाङ, वर्ष ५६, ज्वालामुखी
२२. पदमबहादुर थपलिया, वर्ष ६८, त्रिपुरा सुन्दरी
२३. पन्चबहादुर तामाङ, वर्ष ३५, नेत्रावती डब्जोङ
२४. पर्मिला आलेमगर, वर्ष २४, सल्यानकोट
२५. पूर्ण सिंह मानन्धर, वर्ष ३२, कटुन्जे
२६. पूर्णिमा तामाङ, वर्ष २७ सेर्तुङ
२७. रामकृष्ण रिजाल, वर्ष ३९, नीलकण्ठ
२८. राम प्रसाल अधिकारी, वर्ष ६१, नलाङ
२९. रामेश्वर सिंखडा, वर्ष ६७, धुनीबेसी
३०. रामजी राना, वर्ष ६०, नीलकण्ठ
३१. रेखा गजुरेल, वर्ष २७, थाक्रे
३२. रुपक मगर, वर्ष २६, गल्छी
३३. सानुकान्छी तामाङ, वर्ष ५१, किरान्चोक
३४. सुकबहादुर गुरुङ, वर्ष ५२, गंगाजमुना
३५. सिता राना, वर्ष ३६ गुम्दी
३६. सोमबहादुर मगर, वर्ष २०, गजुरी
३७. सुब्बा सुवेदी, वर्ष ५३, थाक्रे
३८. सुजन तामाङ, वर्ष ३६, नीलकण्ठ
३९. तेजबहादुर गिदेलमगर, वर्ष ३८, साङ्कोष
४०. टेकबहादुर सिंखडा, वर्ष ५७, बुढाथुम
४१. टिकाकुमारी गुरुङ, वर्ष ४३, नीलकण्ठ
४२. यमाया तामाङ वर्ष ५३, त्रिपुरासुन्दरी