
गणतन्त्रकाे बिऊ राेपेकाे गाउँमा,
निर्दाेष, गरीब अनि उत्पिडितहरुकाे नाउँमा
गणतन्त्रकाे बिऊराेपेकाे रजत वर्ष र
प्राप्तिकाे १३ औं वर्ष गाँठ मनाई रहँदा
राणाकालिन पर्वहरु जस्तै
एक पर्व मच्चियाे चाैरजहारीमा
भेरी रगत बाेकेर बगेकीछे आज
जातियताकाे नाममा
नवराजहरुकाे शरीरकाे,
शहीदहरुकाे भन्दा भिन्न रगत बाेकेर ।
काेराेनाकाे सन्त्रासमा
१४ वर्ष अघि शुरु गरेकाे
छिमेकी सडक त परकाे कुरा
१ वर्ष अघि भारतले चिनकाे सहमतिमा
आफ्नाे राजनैतिक नक्सा पास गर्दा
नगरिएकाे बिराेध
लकडाउनले देश थलिएकाे बेला
राष्ट्रबादकाे नाममा नक्सा जारी गर्ने
महान क्रान्तिकारीहरुले
मदन-आश्रित र निर्मला हत्याकाण्ड
वाइडबडी, बालुवाटार काण्ड
भ्रष्टाचारकाे अग्लाे पहाडबाट नियाल्दाहुन सायद
अनि विभिन्न घटनाका कैदीहरुकाे
कैद माफ गरिरहेछन् नवराजाहरु !
एउटा जिज्ञाशा छ मनमा कि
गणतन्त्र दिवसकाे अवसरमा कैद माफ गर्नेले
भेरी वा दासढुङ्गा सम्झे कि सम्झेनन् ?
तर हरेक नेपालीले गणतन्त्रकाे बिऊ राेपेकाे रुकुम
अनि हजाराैँ नवराजहर सम्झिरहेका छन् ।
बिचरा मदन-आश्रित अनि निर्मला र नवराजहरुकाे
हत्याराहरु बास्तविक दाेषी छैनन् वा हुने छैनन्
कैदी हुनेछैनन् उनीहरु
कुर्नुपर्ने छैन उनीहरुले कैद मिनाहा हुने गणतन्त्र दिवस
किनभने उनीहरु नवसामन्तवादका मतियारहरु हुन् ।
गणतन्त्र उनीहरुकाे आफ्नै दाइजाे हाे
उन्मत्त भै उनीहरुले गरेकाे सबै दाेषका प्रमाणहरु जुट्नु पहिले
नष्ट गरिन्छ अनि गरिन्छ पटक पटक साेही मनाेमानी शनैशनै ।
नवराजहरुकाे रगतकाे आहालमा पाैडि खेल्ने नवराजाहरुले
गणतन्त्र आफ्नै वर्कतले ल्याएकाे तर्क गर्छन् ।
पत्रकार हाम्राे कथा हाे गणतन्त्र भन्छन् ।
कविहरु हाम्राे ब्यथा हाे गणतन्त्र भन्छन् ।
नागरिक अगुवाहरु हाम्राे समय हाे भन्छन् ।
बैरीहरु खुच्चिङ मार्दा हुन् सायद !
नवराज र निर्मलाहरु रुँदा हुन्
भाव विह्वल भएर ।
सर्वसत्तावादकाे अन्त हुन जरुरी छ ।
जरुरी छ शान्ति र अमञ्चयनकाे ।
‘अब कसैले रुनुपर्ने छैन कविताहरु’
नलेखियून अब नलेखियून हरफहरुमा
कि नेपालमा गणतन्त्रकाे अभ्युदय भयाे ।
यदी यही नै गणतन्त्रकाे उपलब्धि हाे
र गणतन्त्रकाे मुख्य अभिप्राय हाे भने ढल्न जरुरी छ
पश्चिमबाट बिगुल बजाेस्
समय भाेसायद संकेत राम्राे छैन ।