बागमती प्रदेशको नीति तथा कार्यक्रमले समेटेको खेलकुद विकास

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ १३, २०७७

धादिङ जेष्ठ १३ । बागमती प्रदेश सरकारले प्रस्तुत गरेको खेलकुद विकास सम्बन्धी कार्यक्रमहरुले खेलाडीहरुलाई केहि उर्जा थपिदिएको छ ।

नीति तथा कार्यक्रममा “विकास, गतिशीलता र स्वास्थ्यका लागि खेलकुद” भन्ने सोचका साथ खेलकुद पूर्वाधारको योजनाबद्ध विकासको कार्य सुरु गरिएको उल्लेख गरिएको छ ।

विद्यालय स्तर देखि नै खेलकुद विकासको लागि विद्यालय खेल मैदान निमार्ण देखि निर्माणाधिन अवस्थामा रहेका रङ्‍गशाला, कभर्डहल र खेल मैदान निर्माण गर्ने कार्यलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा समेटिएको खेलकुद विकास कार्यक्रम

  • “विकास, गतिशीलता र स्वास्थ्यका लागि खेलकुद” भन्ने सोचका साथ खेलकुद पूर्वाधारको योजनाबद्ध विकासको कार्य सुरु गरिएको छ। निर्माणाधिन रङ्‍गशाला, कभर्डहल र खेल मैदान निर्माण गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
  • खेलाडीहरूको क्षमता विकास, स्थानीय खेलकुद प्रवर्धन, प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको सञ्‍चालन र राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाई योजनाबद्ध रूपमा खेलकुदको गुणात्मक विकास गर्ने कार्यहरू गरिने छ ।