हवाई उडान जेठ २ गतेसम्म बन्द, लकडाउन बारे निर्णय भएन

Avatar photo
Dhadingpost
बैशाख १३, २०७७

काठमाडौं बैशाख १३ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य हवाई उडान जेठ ३ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

समितिका संयोजक ईश्‍वर पोखरेलको अध्यक्षतामा शनिबार सिंहदरबारमा बसेको बैठकले हवाई उडान जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरे पनि लकडाउनको बारेमा केहि निर्णय नभएको बताईएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले लकडाउनको अवधि बढाउने नबढाउने निर्णय मन्त्रिपरिषद बैठकले तय गर्ने जानकारी दिएका छन् ।

बैठकमा सहभागि सदस्यहरुले बढी प्रभावित क्षेत्र र कम प्रभावित क्षेत्र छुट्याएर उक्त क्षेत्रमा मात्र कडिकडाउ लकडाउन गर्नुपर्ने धारणा राखेका थिए । ‘धेरै प्रस्तावहरु आएका छन् । लकडाउनलाई यसैगरी निरन्तरता दिने, खुकुलो बनाउने, जोन निर्धारण गर्ने, लगायतका विभिन्न प्रस्तावहरु आए र छलफल भयो । तर प्रस्तावहरुलाई मन्त्रिपरिषदमा पठाउने निर्णय भयो’, समितिका सदस्य भने, ‘सिफारिस र प्रस्तावहरु कम्पाइल गरेर मन्त्रिपषिदमा पठाइएको छ । अन्तिम निर्णय आईतबार बस्ने मन्त्रिपरिषदको बैठकले गर्ने छ ।’

चैत ११ गतेबाट मुलुकभर जारी लकडाउन को पछिल्लो पटक थपिएको समय वैशाख १५ गते सोमबार रातिदेखि सकिँदैछ ।