
लण्डन चैत्र २७ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतमा अहिले सम्म पाँच जनाको मृत्यु भएको छ ।
लण्डनको ह्यारोमा बस्दै आएका ५९ वर्षीय पूर्व गोर्खा चेतप्रसाद गुरुङको मंगलबार लण्डनस्थित नर्थविकपार्क अस्पतालमा निधन भएको छ ।
बुधबार अर्का एक नेपाली अन्दाजी ७७ वर्षीय मृतक कोरोना महामारीकै कारण नेपाल फर्किन नपाएर लण्डनमै रोकिएका थिए।
बुधबारै बेलायतको नटिङहममा बस्दै आएका ५८ वर्षीय पूर्व गोर्खा शिव श्रेष्ठको पनि निधन भएको छ ।
कोरोनाकै कारण दुई साता अघि ६६ वर्षीय पूर्व गोर्खा लिलाबहादुर राई र ४० वर्षीय प्रशान्त अर्यालको पनि मृत्यु भएको थियो ।
